स्वदेशमै सम्भावना खोज्दै सफल बनेका युवा उद्यमी पराजुलीको प्रेरणादायी यात्रा

चितवन, २८ चैत । चितवनको व्यावसायिक क्षेत्रमा स्थापित हुँदै गएको नाम हो सुरेन्द्रराज पराजुली । सानै उमेरदेखि व्यवसायमा सक्रिय रहँदै आएका उहाँ आज स्वदेशमै अवसर सिर्जना गर्ने युवाका रूपमा चिनिनुभएको छ । वि.सं. २०५० कात्तिक १० गते चितवनमा जन्मिनुभएका पराजुलीले मेकानिकल इन्जिनियरिङ्ग अध्ययन भारतको बेङ्लोरबाट पूरा गर्नुभएको हो । विदेशमा अध्ययन गरे पनि “स्वदेशमै केही […]
नागढुङ्गा–मुग्लिङ सडकमा ढिलासुस्ती सह्य हुँदैन : गृहमन्त्री

काठमाडौं, २८ चैत । गृहमन्त्री सुधन गुरुङले नागढुङ्गा–मुग्लिङ सडक आयोजनामा ढिलासुस्ती गर्ने तथा गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने चेतावनी दिएका छन् । स्थलगत अनुगमनका क्रममा उनले सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने स्पष्ट पारे । “काममा बहानाबाजी सह्य हुँदैन,” उनले भने, “निर्धारित मापदण्ड पूरा नगर्नेहरूलाई तुरुन्त कालोसूचीमा राखिन्छ ।” अनुगमनका […]
एक हप्ताभित्रै पार्टी एकता टुङ्गोमा पुग्छ : माधवकुमार नेपाल

काठमाडौं, २८ चैत । नेकपाका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकता प्रक्रिया एक हप्ताभित्र टुङ्गिने बताएका छन् । पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले केन्द्रीय संयोजन कमिटीले सात दिनभित्र बैठक बसेर आवश्यक छलफल गर्ने र निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार ४५ सदस्यीय कमिटीले राष्ट्रिय समस्या, देशले भोगिरहेका चुनौती, राजनीतिक संकट तथा कम्युनिष्ट र लोकतान्त्रिक […]
जिरीमा पत्रकार महासंघ बागमतीको बैठक सम्पन्न, ‘जिरी घोषणा पत्र’ सार्वजनिक

दोलखा, २८ चैत । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको बैठक दोलखाको पर्यटकीय नगरी जिरीमा सम्पन्न भएको छ । चैत २७ र २८ गते आयोजित उक्त बैठकमा प्रदेश समिति अन्तर्गतका जिल्ला अध्यक्षहरू तथा प्रदेशस्तरीय पत्रकार संगठनका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकले विभिन्न समसामयिक विषयहरू समेट्दै ‘जिरी घोषणा पत्र’ सार्वजनिक गरेको छ । […]
हेटौंडामा हास्यव्यङ्ग्य उत्सव : दुई स्रष्टा सम्मानित हुने, विद्यार्थी प्रहसन प्रतियोगिता पनि हुने
मकवानपुर, २८ चैत । सिस्नुपानी नेपाल मकवानपुरले २ जना हास्यव्यङ्ग्य सर्जकलाई नगदसहित सम्मान गर्ने भएकाे छ । नेपाली हास्यव्यङ्ग्य सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने अग्रज तथा नवप्रतिभा गरी २ जनालाई सिस्नुपानी मकवानपुरले सम्मान गर्न लागेकाे हाे । यस वर्ष गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान २०८२ सम्मानबाट नरनाथ लुइँटेललाई सम्मान गरिने भएकाे छ । सिस्नुपानी नेपाल तथा हास्यव्यङ्ग्य […]
भरतपुर महानगर कक्षा ८ को नतिजा सार्वजनिक : अङ्कुरम् एकेडेमीबाट शतप्रतिशत उत्तीर्ण

भरतपुर, २८ चैत । भरतपुर महानगरपालिकाअन्तर्गत कक्षा ८ को महानगरस्तरीय परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । यस वर्ष महानगरका १६३ विद्यालयका विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाएका थिए, जसमा ७४ सामुदायिक, ८४ संस्थागत तथा ५ धार्मिक विद्यालय समावेश छन् । नतिजाअनुसार, भरतपुरस्थित अङ्कुरम् एकेडेमीले शतप्रतिशत नतिजा हासिल गरेको छ । उक्त विद्यालयका ७४ जना विद्यार्थी सहभागी […]