भरतपुर महानगर कक्षा ८ को नतिजा सार्वजनिक : अङ्कुरम् एकेडेमीबाट शतप्रतिशत उत्तीर्ण

भरतपुर, २८ चैत ।
भरतपुर महानगरपालिकाअन्तर्गत कक्षा ८ को महानगरस्तरीय परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । यस वर्ष महानगरका १६३ विद्यालयका विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाएका थिए, जसमा ७४ सामुदायिक, ८४ संस्थागत तथा ५ धार्मिक विद्यालय समावेश छन् ।

नतिजाअनुसार, भरतपुरस्थित अङ्कुरम् एकेडेमीले शतप्रतिशत नतिजा हासिल गरेको छ । उक्त विद्यालयका ७४ जना विद्यार्थी सहभागी भएकोमा सबै उत्तीर्ण भएको महानगरको शैक्षिक महाशाखाले जनाएको छ ।

सामुदायिक विद्यालयतर्फ भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका ३५ मध्ये ३४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, नारायणी नमूना माध्यमिक विद्यालयबाट सबैभन्दा बढी ३४५ विद्यार्थी सहभागी भएकोमा ३३३ जना उत्तीर्ण भएका छन् ।

यस वर्षको परीक्षामा कुल ७,५८९ विद्यार्थी सहभागी भएकामा ४,३११ जना उत्तीर्ण भएका छन्, जुन ५६.८१ प्रतिशत हो ।

यता, आधारभूत विद्यालय लगौटाका ९ जना तथा राष्ट्रिय माध्यमिक विद्यालय चौकीका १२ जना विद्यार्थी सहभागी भए पनि सबै अनुत्तीर्ण भएका छन् ।

समग्रमा केही विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् भने कुल उत्तीर्ण प्रतिशत सन्तोषजनक देखिएको छ । साथै, ४ जीपीए ल्याउने ८ वटा विद्यालय रहेको जानकारी प्राप्त भएको छ, जसले भरतपुरको शैक्षिक गुणस्तर सुधारतर्फ सकारात्मक संकेत गरेको छ ।

शिक्षा सरोकारवालाहरूले नतिजालाई थप सुधार गर्दै आगामी वर्षहरूमा अझ राम्रो उपलब्धि हासिल गर्न विद्यालय, शिक्षक र अभिभावकबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट