चितवन, २८ चैत ।
लायन्स क्लब अफ चितवन कर्पोरेटको दोस्रो साधारणसभा तथा अधिवेशनले लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
अध्यक्षमा पुरुषोत्तम ढकाल चयन भएका छन् । यसैगरी, प्रथम उपाध्यक्षमा विश्वनाथ अधिकारी, द्वितीय उपाध्यक्षमा हरिराम ढकाल, सचिवमा प्रदीप विश्वकर्मा र कोषाध्यक्षमा अर्जुन लामिछाने चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूले क्लबका सामाजिक सेवा, मानवीय सहयोग तथा सामुदायिक विकासका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष फणीन्द्र अधिकारीले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।




