चितवन निकुञ्जमा गैंडासँगको मुठभेड : एक सैनिक घाइते, गैंडाको मृत्यु

चितवन, २७ चैत । चितवन राष्ट्रिय निकुञ्जभित्र नियमित गस्तीका क्रममा गैंडासँग भएको आकस्मिक मुठभेडमा एक सैनिक घाइते भएका छन् भने सोही घटनामा एक पोथी एकसिङ्गे गैंडाको मृत्यु भएको छ । मिति २०८२ चैत २६ गते दिउँसो करिब १२:५० बजे श्री नयाँ गोरख गणअन्तर्गत सेरी सुरक्षा पोष्टबाट खटिएको गस्ती टोली निकुञ्जको कोर क्षेत्रमा गस्ती गर्दै जाने […]
४ जीपीएमा चम्कियो वाल्मीकि शिक्षा सदन, भरतपुरमै उत्कृष्ट नतिजाको गौरव

भरतपुर, २७ चैत । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (BLE)मा भरतपुर–४ स्थित वाल्मीकि शिक्षा सदनले यस वर्ष पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका ३ जना प्रतिभाशाली विद्यार्थी अन्वेषा अधिकारी, आयान त्रिपाठी र प्राञ्जली पराजुलीले ४ जीपीए हासिल गर्दै विद्यालय मात्र नभई सम्पूर्ण भरतपुर महानगरपालिकाकै गौरव बढाएको विद्यालयका प्राचार्य प्रदीप पौडेलले जानकारी […]
निर्माण क्षेत्र संकटमा, ‘आपतकाल’ घोषणा गर्न चितवनका व्यवसायीको माग

चितवन, २८ चैत । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले नेपालमा निर्माण क्षेत्र गम्भीर संकटमा परेको निर्माण व्यवसायी संघ चितवनले जनाएको छ । संघका अनुसार डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनजन्य सामग्रीको निरन्तर तथा अप्रत्याशित मूल्यवृद्धिले निर्माण कार्य प्रभावित हुँदै आएको छ। साथै, बिटुमिन, सिमेन्ट, डण्डीलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र बजारमा देखिएको चरम अभावले […]
लायन्स क्लब चितवन कर्पोरेटमा पुरुषोत्तम ढकालको नेतृत्व

चितवन, २८ चैत । लायन्स क्लब अफ चितवन कर्पोरेटको दोस्रो साधारणसभा तथा अधिवेशनले लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । अध्यक्षमा पुरुषोत्तम ढकाल चयन भएका छन् । यसैगरी, प्रथम उपाध्यक्षमा विश्वनाथ अधिकारी, द्वितीय उपाध्यक्षमा हरिराम ढकाल, सचिवमा प्रदीप विश्वकर्मा र कोषाध्यक्षमा अर्जुन लामिछाने चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरूले […]
भीबोन होम्सका नयाँ बेडसिट बजारमा

काठमाडौँ, २८ चैत । भीबोन होम्सले नयाँ बेडसिटहरू बजारमा सार्वजनिक गरेको छ । कम्पनीले कटन कम्बेड तथा पियोर कटनबाट बनेका यी बेडसिटहरू आधुनिक डिजाइनसहित प्रस्तुत गरेको जनाएको छ । कम्पनीका अनुसार उत्कृष्ट गुणस्तरको कपास प्रयोग गरिएका बेडसिटहरूले प्रयोगकर्तालाई नरम, मुलायम र आरामदायी अनुभव प्रदान गर्छन् । छालामा कोमल स्पर्श दिने यी उत्पादनहरूले दैनिक थकान कम […]
६०० भन्दा बढी जहाज खाडीमै अलपत्र, तेलको मूल्य पुनः बढ्यो

अमेरिका र इरानबीच दुई साताका लागि युद्धविरामको घोषणा भए तापनि रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग अझै ठप्प छ । यसले विश्वकै खराब ऊर्जा संकट समाधान हुने आशामा गम्भीर धक्का पुर्याएको छ । जहाज ट्र्याकिङ डेटाका अनुसार, सम्झौता भएयता अत्यन्तै न्यून संख्यामा मात्र जहाजहरूले सो मार्ग प्रयोग गरेका छन्। बुधबार ५ र बिहीबार ७ वटा जहाज […]
गजल मञ्च चितवनको स्थापना दिवसमा गजल उत्सव

भरतपुर, २६ चैत । गजल मञ्च चितवनको २० औँ स्थापना दिवसका अवसरमा खुला गजलवाचन कार्यक्रम गजल उत्सव गरिएको छ । बिहीबार चितवन साहित्य परिषद्को सभाहलमा आयोजना गरिएको कार्यक्रमलाई संस्थापक एवम् पूर्वअध्यक्षहरू धनराज गिरी, किसान प्रेमी, ऋषिप्रसाद लामिछाने गोर्खे साइँलो, पुष्प अधिकारी अञ्जली, रमेश प्रभात, लेखराम सापकोटा तथा वर्तमान अध्यक्ष रामकृष्ण अनायासले संयुक्तरूपमा २० वटा मैनबत्ती […]