भरतपुर, २६ चैत ।
गजल मञ्च चितवनको २० औँ स्थापना दिवसका अवसरमा खुला गजलवाचन कार्यक्रम गजल उत्सव गरिएको छ ।
बिहीबार चितवन साहित्य परिषद्को सभाहलमा आयोजना गरिएको कार्यक्रमलाई संस्थापक एवम् पूर्वअध्यक्षहरू धनराज गिरी, किसान प्रेमी, ऋषिप्रसाद लामिछाने गोर्खे साइँलो, पुष्प अधिकारी अञ्जली, रमेश प्रभात, लेखराम सापकोटा तथा वर्तमान अध्यक्ष रामकृष्ण अनायासले संयुक्तरूपमा २० वटा मैनबत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा संस्थापक कोषाध्यक्ष सरला जोशीले स्वागत मन्तव्य राख्दै चितवनमा गजलका गतिविधि गर्दै गजलको संरक्षण र विकासमा गजल मञ्चले अभिभावकीय भूमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा त्यसपछि गजलवाचन सुरु भयो । रामलाल कुमालले पहिलो गजल सुनाएपछि सरला जोशी, किसान प्रेमी, धनराज गिरी, सुमन कडरिया, दामोदर पौडेल, गङ्गा लामिछाने, विद्या भण्डारी चिराग, प्रेम कँडेल उदय, विकास बराल, धनकुमारी पौडेल, पुष्प अधिकारी अञ्जलीले पालैपालो गजल प्रस्तुत गर्नुभयो ।
त्यसैगरी मीरा तिमिल्सिना, निर्दोष जीवन, टीकाराम पराजुली, यमुना न्यौपाने, विदुर अधिकारी, राजेन्द्र घायल, तीर्थराज खनाल, विष्णु तिवारी उषा, डाक्टर रवीन बस्ताकोटी, रमेश घायल, राजेन्द्र घायल, प्रकाश पाठक योगी, करुणा उदासी कृष्ण, लकाश पौडेल, नवराज निर्वाह, रामशरण थपलिया, निराजन भुसाल, रुद्रराज कँडेल, साङ्ग्रीस मानन्धर, हरिप्रिया रिजाल, दीपक लामिछाने, प्रकृति प्रेमी, प्रविन सन्नाटाले पनि मञ्चमा आएर गजल प्रस्तुत गर्नुभयो ।
त्यसैगरी सीता अधिकारी, मेनका चापागाईं काप्री, शोभा खनाल, डाक्टर निराजन भुसाल, कृष्ण विश्वकर्मा सतिसालले पनि गजल सुनाएर माहोललाई गजलमय बनाउनुभयो ।
कार्यक्रमको अन्तिममा गजल मञ्च चितवनका नयाँ आजीवन सदस्यलाई प्रमाणपत्र दिइएको थियो । रामकृष्ण अनायासको अध्यक्षतामा गरिएको कार्यक्रमलाई सचिव प्रमिला सानु र लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।




