भीबोन होम्सका नयाँ बेडसिट बजारमा

काठमाडौँ, २८ चैत ।
भीबोन होम्सले नयाँ बेडसिटहरू बजारमा सार्वजनिक गरेको छ । कम्पनीले कटन कम्बेड तथा पियोर कटनबाट बनेका यी बेडसिटहरू आधुनिक डिजाइनसहित प्रस्तुत गरेको जनाएको छ ।

कम्पनीका अनुसार उत्कृष्ट गुणस्तरको कपास प्रयोग गरिएका बेडसिटहरूले प्रयोगकर्तालाई नरम, मुलायम र आरामदायी अनुभव प्रदान गर्छन् । छालामा कोमल स्पर्श दिने यी उत्पादनहरूले दैनिक थकान कम गर्न सहयोग पुग्ने र शान्त तथा मिठो निद्राका लागि उपयुक्त हुने दाबी गरिएको छ ।
आकर्षक गिफ्ट प्याकमा उपलब्ध यी बेडसिटहरू साथीभाइ, परिवार तथा आफन्तलाई जन्मदिन, विवाह, पर्व वा विशेष अवसरमा उपहार दिन उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।

कम्पनीले गुणस्तर, आराम र आकर्षणलाई प्राथमिकतामा राख्दै नेपाली उपभोक्ताको आवश्यकता अनुसार उत्पादन बजारमा ल्याएको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट