बागमतीमा कांग्रेसको ठोस निर्णय: प्रदेशसभा सञ्चालनदेखि मन्त्रालय घटाउनेसम्मका कदम

मकवानपुर, १७ चैत ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सञ्चालनदेखि प्रशासनिक संरचना पुनःसंरचना गर्ने विषयसम्मका महत्वपूर्ण निर्णय गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको बैठकले एक साताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले बागमती प्रदेश सभामुख पदमा कांग्रेसले दाबी गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिको मस्यौदामाथि छलफल गर्दै हाल रहेका १३ मन्त्रालयलाई घटाएर ७ मा सीमित गर्ने प्रस्ताव अघि बढाइएको छ । साथै, ७ निर्देशनालयलाई २ मा झार्ने र ५ वटा निर्देशनालय खारेज गर्ने प्रस्ताव गरिएको छ ।

सोही मस्यौदाअनुसार ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने विषयलाई सरकारमा सहभागी दुई दलबीच छलफल गरी पारित गर्न सरकारलाई अनुरोध गरिएको छ ।

बैठकले कांग्रेसको विशेष महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित बहादुरसिंह लामालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । साथै, पार्टीभित्र देखिएका आन्तरिक समस्या सहमति र संवादमार्फत समाधान गर्दै आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सफल बनाउन दुवै पक्षलाई आग्रह गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट