बागमतीमा कांग्रेसको ठोस निर्णय: प्रदेशसभा सञ्चालनदेखि मन्त्रालय घटाउनेसम्मका कदम

मकवानपुर, १७ चैत । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सञ्चालनदेखि प्रशासनिक संरचना पुनःसंरचना गर्ने विषयसम्मका महत्वपूर्ण निर्णय गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको बैठकले एक साताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले बागमती प्रदेश सभामुख पदमा […]

गजल मञ्च चितवनको २०औँ स्थापना दिवसमा ‘गजल उत्सव’

चितवन, १७ चैत । गजल मञ्च चितवनले आफ्नो २०औँ स्थापना दिवसका अवसरमा ‘गजल उत्सव’ तथा खुला गजल वाचन कार्यक्रम आयोजना गर्ने भएको छ । मञ्चका अध्यक्ष रामकृष्ण अनायासका अनुसार कार्यक्रम चैत २६ गते बिहीबार दिउँसो ४ बजे चितवन साहित्य परिषद्को सभाहलमा आयोजना हुनेछ । गजल विधाको प्रवर्द्धन तथा सर्जकहरूबीच सृजनात्मक आदान–प्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम […]

स्याङ्जामा मिलन समीरको काव्य सिर्जनामाथि विमर्श

स्याङ्जा, १७ चैत । युवाकवि मिलन समीरद्वारा रचित नवीनतम निर्बन्ध–काव्य सिर्जना `म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु´ माथि केन्द्रित विमर्श कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्षोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रम ‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६, स्याङ्जा’ ले आयोजना गरेको हो । यो कार्यक्रम अभियानको ४०औँ पाइला (शृङ्खला) का रूपमा सम्पन्न […]