गजल मञ्च चितवनको २०औँ स्थापना दिवसमा ‘गजल उत्सव’

चितवन, १७ चैत ।
गजल मञ्च चितवनले आफ्नो २०औँ स्थापना दिवसका अवसरमा ‘गजल उत्सव’ तथा खुला गजल वाचन कार्यक्रम आयोजना गर्ने भएको छ ।

मञ्चका अध्यक्ष रामकृष्ण अनायासका अनुसार कार्यक्रम चैत २६ गते बिहीबार दिउँसो ४ बजे चितवन साहित्य परिषद्को सभाहलमा आयोजना हुनेछ । गजल विधाको प्रवर्द्धन तथा सर्जकहरूबीच सृजनात्मक आदान–प्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको हो ।

उक्त अवसरमा चितवनसहित आसपासका जिल्लाबाट गजलकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत खुला गजल वाचनको व्यवस्था गरिएकाले स्थापित गजलकारसँगै नवसर्जकहरूले आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
त्यसैगरी, कार्यक्रममा नयाँ विशिष्ट तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

आयोजकले साहित्यप्रेमी, गजलकार तथा सरोकारवाला सबैलाई कार्यक्रममा उपस्थित भई उत्सव सफल बनाउन आग्रह गरेको छ । दुई दशकदेखि गजल विधाको विकास र विस्तारमा सक्रिय गजल मञ्च चितवनले स्थापना दिवसका अवसरमा यस्ता साहित्यिक गतिविधि निरन्तर गर्दै आएको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट