गैरेको `सूतपुत्र´ उपन्यासमाथि चितवनमा समीक्षा

भरतपुर, १५ चैत ।
डाक्टर शंकरप्रसाद गैरेको `सूतपुत्र´ उपन्यासमाथि चितवनमा समीक्षा कार्यक्रम गरिएको छ । नेपाली लेखक सङ्घ चितवन शाखाले आइतबार बिहान नारायणगढस्थित बालकुमारी कलेजमा कार्यक्रम गरेको हो ।

सङ्घको नियमित कार्यक्रम पाठकसँग लेखक कार्यक्रमको चौथो शृङ्खलामा सूतपुत्र उपन्यासका सन्दर्भमा रहेर यहाँका पाठक एवम् समीक्षकले टिप्पणी गरे । महाभारतका पात्र कर्णको जीवनमा आधारित यो उपन्यासमा कर्णको संघर्ष, आत्मसम्मान र कर्मशीलताको चित्रण गरिएको वक्ताहरूले सुनाए ।
जातीय विभेद र सामाजिक अन्यायको विरोध पनि उपन्यासमा समेटिएको वक्ताहरूले बताए ।

`कर्णलाई साहसी, दानवीर, निष्ठावान मित्र र महान योद्धाको रूपमा प्रस्तुत गरिएको छ´, डाक्टर एकनारायण पौड्यालको भनाइ थियो । उपन्यासको कथाले पाठकलाई भावनात्मक रूपमा प्रभाव पार्ने पनि पौड्यालले बताए ।

अर्का वक्ता आचार्य युवराज अधिकारीका अनुसार सूतपुत्रमा आत्मसम्मान र संघर्षको नैतिक विजय देखाइएको छ भने समाजलाई समतामूलक र विभेदमुक्त बनाउन सन्देश पनि दिएको छ । उपन्यासमा अलिअलि भाषागत एवम् वर्णविन्यासको समस्या रहेकोे पनि अधिकारीले टिप्पणी गरे ।

कार्यक्रममा यम पौडेल, सुशील घिमिरे, उदय अधिकारी, डाक्टर केशवराज चालिसे, रमेश प्रभातलगायतका वक्ताले पाठकीय टिप्पणी राख्दै यो उपन्यास कर्णको जीवनमार्फत अन्यायविरुद्ध संघर्ष र आत्मसम्मानको महत्त्व देखाउने प्रभावशाली कृति भएको बताए ।
अध्यक्ष शान्ति शर्माको अध्यक्षतामा गरिएको कार्यक्रमलाई सचिव सामना पहाडले सहजीकरण गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट