गैरेको `सूतपुत्र´ उपन्यासमाथि चितवनमा समीक्षा

भरतपुर, १५ चैत । डाक्टर शंकरप्रसाद गैरेको `सूतपुत्र´ उपन्यासमाथि चितवनमा समीक्षा कार्यक्रम गरिएको छ । नेपाली लेखक सङ्घ चितवन शाखाले आइतबार बिहान नारायणगढस्थित बालकुमारी कलेजमा कार्यक्रम गरेको हो । सङ्घको नियमित कार्यक्रम पाठकसँग लेखक कार्यक्रमको चौथो शृङ्खलामा सूतपुत्र उपन्यासका सन्दर्भमा रहेर यहाँका पाठक एवम् समीक्षकले टिप्पणी गरे । महाभारतका पात्र कर्णको जीवनमा आधारित यो उपन्यासमा […]

दोस्रो राइनो मुवाथाईमा भारतविरुद्ध नेपाली खेलाडी हाबी

चितवन, १५ चैत । दोस्रो राइनो मुवाथाई च्याम्पियनसिप सम्पन्न भएको छ । राइनो मुवाथाई जिम फिटनेस सेन्टरको आयोजनामा नारायणगढस्थित होटल सिद्धार्थमा भएको प्रतियोगिताको प्रो बाउटमा भारतविरुद्ध नेपाली खेलाडीहरु हाबी भएका छन् । नेपाल र भारतबीच भएको ४ मध्य ३ फाइटमा नेपाली खेलाडीहरु विजयी भए । भारतले एक फाइट मात्रै जित्यो । जस अन्तर्गत मेन इभेन्टको […]

नारायणी नदीमा डुबेर दुई बालकको मृत्यु

चितवन, १५ चैत । भरतपुर–३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलका कक्षा – ७ मा अध्ययनरत दुई बालकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१६ शरणपुरका १४ वर्षीय सनम रम्तेल र प्रशान्त क्षेत्री रहेका छन् । उनीहरू पौडी खेल्ने क्रममा नदीको भङ्गालोमा डुबेका हुन् । घटनाले स्थानीय समुदाय, विद्यालय र अभिभावकलाई स्तब्ध बनाएको छ […]

हरित ऊर्जातर्फको कदम : नेपालमा सार्वजनिक भयो बजाज वेगो इभि

भरतपुर, १५ चैत । विश्वव्यापी रूपमा बढ्दो वायु प्रदूषण, इन्धनको महँगो लागत तथा जलवायु परिवर्तनका चुनौतीबीच आजको समय ग्रिन इनर्जी तर्फ रूपान्तरण हुने महत्वपूर्ण चरणमा पुगेको छ । यही आवश्यकतालाई आत्मसात गर्दै Hansraj Hulaschand & Company र Bajaj Auto ले नेपालमा आफ्नो नयाँ पर्यावरणमैत्री इलेक्ट्रिक तीनपाङ्ग्रे Bajaj WEGo EV सार्वजनिक गरेका छन् । नेपालमा पहिले […]

शासकीय सुधारका लागि सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक

नवनिर्मित मन्त्रिपरिषद्ले शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ । गत चैत १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो कार्यसूची स्वीकृत गरेको हो । यसका प्रमुख कार्यसूचीमा सरकारी कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी र जवाफदेही बनाउनेदेखि संविधानको मर्म र निर्वाचनका बेला व्यक्त गरिएका प्रतिबद्धताहरूलाई वार्षिक नीति, कार्यक्रम र बजेटसँग जोडेर कार्यान्वयन गर्नेसम्मका लक्ष्य राखिएका छन् । […]