भरतपुर, १५ चैत ।
विश्वव्यापी रूपमा बढ्दो वायु प्रदूषण, इन्धनको महँगो लागत तथा जलवायु परिवर्तनका चुनौतीबीच आजको समय ग्रिन इनर्जी तर्फ रूपान्तरण हुने महत्वपूर्ण चरणमा पुगेको छ । यही आवश्यकतालाई आत्मसात गर्दै Hansraj Hulaschand & Company र Bajaj Auto ले नेपालमा आफ्नो नयाँ पर्यावरणमैत्री इलेक्ट्रिक तीनपाङ्ग्रे Bajaj WEGo EV सार्वजनिक गरेका छन् ।
नेपालमा पहिले नै Bajaj RE र Maxima C जस्ता सफल मोडलमार्फत विश्वास जितिसकेको Bajaj ले Re-charge Your Life! नारासहित आधुनिक प्रविधि र पुरानो भरोसाको उत्कृष्ट संयोजन प्रस्तुत गरेको हो । उक्त सवारी आज औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।
लन्च कार्यक्रममा चितवन अटोमोबाइल एशोसिएसनका अध्यक्ष इन्द्रप्रसाद रेग्मी प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो । उहाँले हरित ऊर्जातर्फको संक्रमण आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता वातावरणमैत्री सवारी साधनले भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
Bajaj WEGo EV एक पटकको चार्जमा १७० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमतासहित आएको छ। यसमा Eco र Power मोड, ४५ किमि/घण्टा टप स्पीड तथा २९ प्रतिशत ग्रेडेबिलिटी जस्ता विशेषता रहेका छन् । ४.५ किलोवाट क्षमताको Advanced PMS मोटर, ३६ Nm टर्क र 2-Speed AMT प्रणालीले यसको प्रदर्शनलाई थप सशक्त बनाएको छ ।
त्यस्तै, ८.९ kWh ब्याट्री, ३ घण्टा ५० मिनेटमै ८० प्रतिशत चार्ज हुने सुविधा र IP67 वाटर रेसिस्टेन्ट प्रविधिले यसलाई अझ विश्वसनीय बनाएको छ ।
Regenerative Braking, LED लाइटिङ, Digital LCD डिस्प्ले, प्रिमियम सिट तथा USB चार्जर लगायतका सुविधा समावेश हुँदा चालक र यात्रुलाई आरामदायी तथा सुरक्षित अनुभव प्रदान गर्छ ।
यो इलेक्ट्रिक सवारीले शून्य धुँवा उत्सर्जन, कम सञ्चालन खर्च र न्यून ध्वनि प्रदूषणमार्फत वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । ग्राहकको सहजताका लागि Bajaj ले ५० प्रतिशत डाउन पेमेंटका साथै विशेष योजनाअन्तर्गत ० प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा (सेवा शुल्क बिना) समेत उपलब्ध गराएको छ ।
चितवन क्षेत्रमा यस सवारीको आधिकारिक बिक्रेताका रूपमा Anusi Auto Traders नियुक्त गरिएको छ, जहाँबाट ग्राहकहरूले सहज रूपमा खरिद तथा सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार WEGo EV केवल एउटा सवारी साधन मात्र नभई स्वच्छ, दिगो र जिम्मेवार भविष्यतर्फको सशक्त कदम हो ।





