चितवन, १५ चैत ।
भरतपुर–३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलका कक्षा – ७ मा अध्ययनरत दुई बालकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर–१६ शरणपुरका १४ वर्षीय सनम रम्तेल र प्रशान्त क्षेत्री रहेका छन् । उनीहरू पौडी खेल्ने क्रममा नदीको भङ्गालोमा डुबेका हुन् ।
घटनाले स्थानीय समुदाय, विद्यालय र अभिभावकलाई स्तब्ध बनाएको छ । सम्बन्धित निकायले नदी तथा जलाशय आसपास विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।





