चितवनमा अन्तर्राष्ट्रिय मुआथाई हुँदै

चितवन, ९ चैत ।
चितवनमा पहिलोपटक अन्तर्राष्ट्रिय मुआथाई च्याम्पियनसिप हुने भएको छ । राइनो मुआथाई जिम फिटनेस सेन्टरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । राइनो मुआथाईले दोस्रो पटक यो प्रतियोगिता आयोजना गरेको हो । पहिलो संस्करण राष्ट्रिय स्तरको थियो भने यस पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुन लागेको हो ।

चैत १३ र १४ गते दुई दिन चल्ने दोस्रो राइनो मुआथाई प्रतियोगिता होटल सिद्धार्थ नारायणगढमा हुने राइनो मुआथाईका अध्यक्ष विज्ञान दराईले जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु सहभागी हुनेछन् । उनीहरुले विभिन्न ३५ विधामा प्रतिस्पर्धा गर्ने दराईले बताए ।

प्रतियोगिताको मेन ईभेन्टमा नेपालका रोहित कायत र भारतका मोइराङथेम सनहलले प्रतिस्पर्धा गर्नेछन् । यस्तै को-ईभेन्टमा नेपालका रोशन अछामी र भारतका जेरो मेईतेईले प्रतिस्पर्धा गर्नेछन् । नेपालकै एपिएफ क्लबलगायत अन्य खेलाडीहरुले पनि अन्य विभिन्न बिधामा प्रतिस्पर्धा गर्नेछन् । सहभागी सम्पूर्ण खेलाडी व्यवसायीक फाइटरहरु मात्रै रहेको दराईले जानकारी दिए ।

मेन ईभेन्टतर्फ प्रथम पुरस्कार एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै को-ईभेन्टमा विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्य विधामा पनि नगद पुरस्कार राखिएको छ ।

राइनो मुआथाईले यस अघि गत बैशाखमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको थियो । यस पटक प्रतियोगिताको स्तर माथि उठाउँदै अन्तराष्ट्रियस्तरको आयोजना गरिएको राइनो मुआथाईका अध्यक्ष दराईले बताए । नेपालमा मुआथाई खेलको बिकास एवं प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

यस किसिमको प्रतियोगिताले खेलाडीहरुको खेल कौशल बढाउन र उनीहरुलाई प्रेरित गर्न मद्दत मिल्ने दराईको विश्वास छ । मुआथाई थाईल्याण्डको राष्ट्रिय खेल हो । चितवनमा राइनो मुआथाईले यो खेललाई अघि बढाईरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट