‘जीवनकाे गाेरेटाे’ विमाेचन एवम् विमर्श कार्यक्रम

मकवानपुर, १ चैत ।
नवसर्जक साहित्य चौतारी नेपालकाे ४२ ओैँ मासिक शृङ्खलाकाे अवसरमा चाैतारीकी बागमती प्रदेश सदस्य सुमि थिङकाे मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ कृतिको विमोचन एवम् विमर्श कार्यक्रम हेटाैँडामा सम्पन्न भएको छ ।

अमर मावि हेटाैँडामा कक्षा ९ मा अध्ययनरत १४ वर्षिया सुमिकाे पहिलाे कृतिकाे रूपमा मुक्तकसङ्ग्रह प्रकाशनमा ल्याइएकाे हाे ।

चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहालकाे अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकारहरू डा. निमेष निखिल तथा देवराज खरेलकाे विशिष्ट आतिथ्य रहेकाे थियो ।

कृतिमाथि साहित्यकार सानु खनाल तथा विविशा रुम्बाले समीक्षात्मक टिप्पणी गरेका थिए भने नवसर्जकहरू राेज कार्की, नम्रता पराजुलीले कृतिभित्रका प्रतिनिधि रचना वाचन गरेका थिए ।

नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार एवम् अमर माविका सहायक प्रअकाे डि.बी. बर्ताैलाकाे सम्पादनमा विमाेचित मुक्तक सङ्ग्रह नवसर्जक साहित्य चाैतारी नेपाल केन्द्रीय समितिले प्रकाशन गरेकाे हाे ।
कार्यक्रममा अग्रज साहित्यकारहरू डा. निमेष निखिल, देवराज खरेल, अमर माविकी प्रअ मालती उप्रेती, चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतम, सल्लाहकार डि.बी. बर्तौला, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

चौतारीकी उपमहासचिव रचना भण्डारीकाे सहजीकरण तथा काेषाध्यक्ष प्रविना प्रयासीकाे स्वागत मन्तव्यका साथ सम्पन्न कार्यक्रममा कृतिकारकी आमा सुमित्रा थिङ, उनका आफन्तजनलगायत हेटौँडा तथा आसपासका क्षेत्रबाट ६० भन्दा बढी साहित्यकार तथा साहित्यप्रेमीहरू उपस्थिति रहेको थियो ।

नवसर्जक चाैतारीले देशभरका २५ वर्षमुनिका नवसर्जककाे नेतृत्वमा पठन तथा लेखन संस्कृतिकाे विकास गर्दै आएकाे छ भने नवसर्जकका कृति प्रकाशन गर्दै आएकाे र आगामी दिनमा यसलाई निरन्तरता दिइने संस्थाकी महासचिव स्वस्तिका दाहालले जानकारी दिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट