मकवानपुरमा कन्टेनर  र ट्रक ठोक्किँदा १ जनाको मृत्यु

मकवानपुर, २९ फागुन ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका – १९ नेवारपानीमा कन्टेनर  र ट्रक ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान हेटौंडा – १९ नेवारपानीस्थित पूर्वपश्चिम महेन्द्र सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको कन्टेनर (टेलर) गाडी र चितवनबाट बिरगंजतर्फ जान आउँदै गरेको बा.प्र. ०३-००१ ख ०३९८ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा  कन्टेनर चालक सर्लाही बरहथवा – १५ पिपराभिट्टा घर भई हाल पर्सा बिरगंज २ छपकैया बस्ने ३८ वर्षीय गोबिन्द चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाईते भएका चौधरीको टाउको, दुबै खुट्टामा चोट लागेकोले चुरेहिल अस्पताल लगिएकोमा डाक्टरले उपचारको क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ट्रक चालक चितवन खैरहनी -९ बस्ने  ४२ वर्षीय धनेश्वर चौधरीलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट