चितवन, १४ फागुन ।
भरतपुर महानगरपालिका–२३ खड्गौलीमा नहरको डिलबाट लडेर ५५ वर्षीय लथुवा दराइको मृत्यु भएको छ । बुधबार राति करिब ९ बजे लडेर गम्भीर घाइते भएका दराइलाई सरकारी अस्पताल भरतपुर लगिए पनि चिकित्सकले ९:२५ बजे मृत घोषणा गरेका थिए ।
यस्तै, खैरहनी नगरपालिका–९ सिमलटाँडीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बसको ठक्करबाट धनुषा नगरपालिका–२ की ५२ वर्षीया सिकील देवी पूर्वेको मृत्यु भएको छ । बिहीबार बिहान १:२० बजे बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनलाई पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा १:३७ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।



