चितवनमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चितवन, १४ फागुन । भरतपुर महानगरपालिका–२३ खड्गौलीमा नहरको डिलबाट लडेर ५५ वर्षीय लथुवा दराइको मृत्यु भएको छ । बुधबार राति करिब ९ बजे लडेर गम्भीर घाइते भएका दराइलाई सरकारी अस्पताल भरतपुर लगिए पनि चिकित्सकले ९:२५ बजे मृत घोषणा गरेका थिए । यस्तै, खैरहनी नगरपालिका–९ सिमलटाँडीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बसको ठक्करबाट धनुषा नगरपालिका–२ की ५२ वर्षीया […]

रत्ननगरमा निःशुल्क स्वास्थ्य शिविर, १२ स्वास्थ्यकर्मीबाट विशेषज्ञ सेवा

चितवन, १४ फागुन । रत्ननगर–४ स्थित बुद्धज्योति इङ्लिस स्कुलको आयोजनामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । विद्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा पाइल्स, फिसर, फिस्टुला तथा गुप्तरोगसम्बन्धी समस्याको विशेषज्ञद्वारा निःशुल्क जाँच गरिएको थियो । एन्जल फाउन्डेसन, उर्लाबारी (मोरङ) को प्राविधिक सहयोगमा सम्पन्न शिविरमा १२ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । शिविरमा एचआईभी, हेपाटाइटिस, सिफिलिस […]

घरदैलोमा ‘जनताको उम्मेद्वार’ मीना खरेललाई अपार साथ

चितवन, १४ फागुन । निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर–२ मा उम्मेदवार मीना खरेलको घरदैलो अभियान दिनप्रतिदिन उत्साहजनक बन्दै गएको छ । खरेल प्रत्यक्ष रूपमा मतदाताको घर–घर, गाउँ–टोल, बजार तथा विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएकी छन् । उनी जहाँ पुग्छिन्, त्यहीँ स्थानीय बासिन्दाबाट आत्मीय स्वागत, माया र समर्थन प्राप्त भइरहेको छ । विगतदेखि समाजसेवामा […]

५ वर्षमै ‘स्वर्णिम काल’ बनाउने काँग्रेसको संकल्प

सुर्खेत, १४ फागुन । गगनकुमार थापाले आगामी पाँच वर्षलाई नेपालको इतिहासकै ‘स्वर्णिम काल’ बनाउने संकल्प व्यक्त गर्नुभएको छ । सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसले अबको पाँच वर्षमा देशको समग्र अवस्था परिवर्तन गर्ने दाबी गर्नुभयो । सभापति थापाले मुलुकलाई कुनै पनि प्रकारको राजनीतिक वा सामाजिक दुर्घटनामा पर्न नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो […]