५ वर्षमै ‘स्वर्णिम काल’ बनाउने काँग्रेसको संकल्प

सुर्खेत, १४ फागुन ।
गगनकुमार थापाले आगामी पाँच वर्षलाई नेपालको इतिहासकै ‘स्वर्णिम काल’ बनाउने संकल्प व्यक्त गर्नुभएको छ । सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसले अबको पाँच वर्षमा देशको समग्र अवस्था परिवर्तन गर्ने दाबी गर्नुभयो ।

सभापति थापाले मुलुकलाई कुनै पनि प्रकारको राजनीतिक वा सामाजिक दुर्घटनामा पर्न नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । मधेसदेखि कर्णालीसम्म चुनावी अभियानमा सक्रिय रहँदै आउनुभएका उहाँले आसन्न निर्वाचनलाई संविधानलाई सही बाटोमा राख्ने निर्णायक अवसरका रूपमा व्याख्या गर्नुभयो ।

उहाँका अनुसार आगामी जनादेशले लोकतन्त्र सुदृढ गर्दै विकास र स्थायित्वको नयाँ अध्याय सुरु गर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट