रुख चिन्हसहित सडकमा जनसागर, मीना खरेलप्रति बढ्दो विश्वास

चितवन, १२ फागुन ।
चितवनको कालिका नगरपालिकामा नेपाली कांग्रेसको घरदैलो अभियानमा जनसागर उर्लिएको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर–२ की उम्मेदवार मीनाकुमारी खरेलले घरदैलो अभियानलाई तीव्रता दिएकी छन् ।

मंगलबार कालिकामा सम्पन्न घरदैलो कार्यक्रममा व्यापक जनसहभागिता देखिएको हो । कालिकाका वडा नम्बर ८, ९, १० र ११ मा गरिएको अभियानमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो । सहभागीको उर्लिँदो भीडले माहोल आमसभाभन्दा कम देखिएको थिएन ।

समर्थकहरूले बिहानैदेखि बाजागाजासहित नाचगान गर्दै हजारौंको संख्यामा सडकमा रुख चिन्हको रङ्गोली बनाएर खरेललाई भव्य स्वागत गरेका थिए । लामो लाइनमा उभिएर गरिएको स्वागतले चुनावी माहोल झन् तताएको थियो ।

यतिबेला खरेलप्रति देखिएको समर्थन र कांग्रेस कार्यकर्ताको उत्साहले चुनावी सरगर्मी थप चुलिएको छ। घरदैलो अभियानमा कांग्रेसभित्र छुट्टै ऊर्जा र उमंग देखिएको छ ।

खरेल आफ्ना एजेन्डासहित निरन्तर मतदाताको घरदैलोमा सक्रिय रहँदै आएकी छन्। उनले चितवन–२ का विभिन्न वडा, टोल र गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन् ।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले महिला स्वास्थ्य, शिक्षा, रोजगारी र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा खरेललाई प्रस्तुत गरेका छन्। महिलाको प्रतिनिधित्व सुदृढ बनाउन उनको विजय आवश्यक रहेको उनीहरूको भनाइ छ ।

उम्मेदवार मीनाकुमारी खरेलले आफू सधैं महिला, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै जनताको विश्वासलाई सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन्। `नागरिकको आवाज संसदमा मजबुत रूपमा उठाउन र प्रभावकारी कानुन निर्माण गर्न मैले उम्मेदवारी दिएको हुँ,´ उनले भनिन्।
`मतदाताबाट पाएको माया र साथले मलाई विजयी भएको अनुभूति दिलाएको छ। जनताको विश्वास नै मेरो शक्ति हो, कालिकाको समग्र विकासका लागि म प्रतिबद्ध छु,´ खरेलले बताइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट