चितवन, ११ फागुन ।
एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनले सोमबार ‘एक्सपर्ट एज’ नामक शैक्षिक मेला सम्पन्न गरेको छ । भरतपुर–१० स्थित एक्सपर्ट बेस क्याम्पमा आयोजित मेलामा विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको मेलामा अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका र न्युजिल्याण्डका ५० भन्दा बढी विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिहरू सहभागी भएका थिए । विद्यार्थीहरूले ती प्रतिनिधिसँग प्रत्यक्ष परामर्श लिँदै अध्ययन अवसर, भर्ना प्रक्रिया, छात्रवृत्ति र भिसा सम्बन्धी जानकारी प्राप्त गरेका थिए ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधि नै उपस्थित भएकाले विद्यार्थी र अभिभावकले भरपर्दो र प्रमाणिक जानकारी पाएका छन् । उहाँले ब्याचलर्स, मास्टर्स तथा रिसर्च तहमा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीका लागि मेला विशेष फलदायी भएको बताउनुभयो ।
मेलामा प्लस टु अध्ययनरत विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो । भविष्यमा उच्च शिक्षाका लागि विदेश जाने योजना बनाइरहेका विद्यार्थीले अन्यौलता हटाउन प्रारम्भिक चरणमै परामर्श लिएको एक्सपर्ट चितवनका अपरेसन म्यानेजर किरण पौडेलले जानकारी दिनुभयो ।
विद्यार्थीलाई प्रोत्साहन गर्न आकर्षक उपहार तथा छुट योजनाहरू पनि राखिएको थियो । आइएलटिएस वा पिटिई तयारी कक्षामा भर्ना हुँदा १,१११ रुपैयाँ छुट तथा पिटिईका लागि चारवटा मकटेस्ट निःशुल्क उपलब्ध गराइएको थियो । साथै, लक्की ड्रमार्फत आइएलटिएस परीक्षा शुल्कमा विशेष छुट प्रदान गरिएको थियो ।
एक्सपर्टका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालका अनुसार सहभागी विद्यार्थीलाई राइनो क्रुजसिपको टिकट, क्याफे डिस्काउन्ट भौचर, स्केटिङ टिकट तथा एक्सपर्टको लोगो अंकित विभिन्न उपहारसमेत प्रदान गरिएको थियो ।
एक्सपर्टले विगत २२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । संस्थामार्फत अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका र न्युजिल्याण्डका विश्वप्रसिद्ध विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनका लागि परामर्श सेवा उपलब्ध गराइँदै आएको छ । साथै, एक्सपर्ट चितवनमा आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षासमेत सञ्चालनमा रहेका छन् ।



