`एक्सपर्ट एज’ शैक्षिक मेला सम्पन्न : ५० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श

चितवन, ११ फागुन । एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनले सोमबार ‘एक्सपर्ट एज’ नामक शैक्षिक मेला सम्पन्न गरेको छ । भरतपुर–१० स्थित एक्सपर्ट बेस क्याम्पमा आयोजित मेलामा विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको मेलामा अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका र न्युजिल्याण्डका ५० भन्दा बढी विश्वविद्यालय तथा […]
चितवनमा काँग्रेस उम्मेदवारहरूको प्रतिबद्धता : `जनताको प्रतिनिधि खोज्दै हिँड्नुपर्ने अवस्था आउन दिँदैनौँ´

चितवन, ११ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्नुभएकी मीना खरेलले आफ्नो जीवन सधैँ समाजसेवामा समर्पित गरेको बताउनुभएको छ । लामो समय सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी उहाँ नेपाली काँग्रेसबाट चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको हो । भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अबको जीवन देश र जनताको सेवामा समर्पित […]
काठमाडौंमा फागुन २९ गतेदेखि नेशनल हर्टिकल्चर एक्स्पो हुने

काठमाडौं, ११ फागुन । ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने मूल नारासहित नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा ‘तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो – २०८२’ हुने भएको छ । एक्स्पो फागुन २९ गतेदेखि चैत ३ गतेसम्म राजधानी काठमाडौंको भृकुटीमण्डप बगैँचामा हुने छ । संघका अनुसार नेपालमा तीव्र गतिमा विस्तार हुँदै गएको […]
बाँके–१ मा कृषि क्रान्तिको प्रतिबद्धता : चुनावी मैदानमा नारायणप्रसाद गौडेल

बाँके, ११ फागुन । बाँके जिल्ला क्षेत्र नम्बर–१ उर्वर भूमि, प्रशस्त सिँचाइ सम्भावना र नजिकैको बजार पहुँचका कारण कृषि उत्पादनका हिसाबले अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ । तर यथार्थ भने सम्भावनाअनुसारको उपलब्धि हासिल हुन नसकेको देखिन्छ । स्पष्ट कृषि नीति, प्रभावकारी कार्यान्वयन र किसानमैत्री कार्यक्रमको अभावले यहाँको कृषि क्षेत्र अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । […]
माटो परीक्षण अभियानको घोषणा, अनुदान प्रणालीमा ठूलो हेरफेर

हेटौंडा, ११ फागुन । बागमती प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मधुसूदन पौडेलले प्रदेशभित्र माटो परीक्षणलाई अभियानकै रूपमा सञ्चालन गर्ने घोषणा गरेका छन् । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका कार्यालयहरूको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन सत्रलाई भण्डारामा सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उत्पादन वृद्धिका लागि […]