काठमाडौंमा फागुन २९ गतेदेखि नेशनल हर्टिकल्चर एक्स्पो हुने

काठमाडौं, ११ फागुन ।
‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने मूल नारासहित नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा ‘तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो – २०८२’ हुने भएको छ । एक्स्पो फागुन २९ गतेदेखि चैत ३ गतेसम्म राजधानी काठमाडौंको भृकुटीमण्डप बगैँचामा हुने छ । संघका अनुसार नेपालमा तीव्र गतिमा विस्तार हुँदै गएको फूल नर्सरी, फलफूल नर्सरी, कृषि वन तथा जडीबुटी नर्सरी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले यो बृहत प्रदर्शनी आयोजना गर्न लागिएको हो । उक्त एक्स्पोमा देशभरका नर्सरी व्यवसायीहरूको सहभागिता रहने छ ।

त्यस्तै, उक्त एक्स्पो अवधिमा उत्कृष्ट प्रस्तुतिका आधारमा विभिन्न विधामा पुरस्कार वितरण गरिने संघले जनाएको छ । उत्कृष्ट हार्टिकल्चर प्रस्तोता, उत्कृष्ट फूल प्रस्तोता, उत्कृष्ट ल्यान्डस्केप डिजाइन, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट सजावटी बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट फलफूल बिरुवा तथा उत्कृष्ट औषधीय तथा सुगन्धित बिरुवा विधामा विजेतालाई नगद, शिल्ड र प्रमाण – पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यसका साथै ‘दीर्घकालीन नर्सरी व्यवसायी सम्मान २०८२’ र ‘विशेष उत्पादक नर्सरी व्यवसायी सम्मान २०८२’ पनि प्रदान गरिने सङ्घले जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविनकुमार गौतमले नर्सरी व्यवसायको प्रवर्द्धन, व्यवसायीबीच अनुभव आदानप्रदान र बजार विस्तारका लागि एक्स्पो महत्वपूर्ण अवसर हुने बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट