क्याम्पाचौरमा नेपथ्यको सांगीतिक ज्वार, हजारौँ दर्शक झुमे

चितवन, २९ माघ ।
नेपाल भ्रमणमा रहेको चर्चित लोकरक ब्याण्ड नेपथ्यले मंगलबार नारायणगढको क्याम्पाचौरमा भव्य प्रस्तुति दिँदै हजारौं दर्शकलाई मन्त्रमुग्ध बनाएको छ ।

साँझ सवा ६ बजे आफ्ना ब्याण्ड सदस्यसहित मञ्चमा उक्लिएका नेपथ्यका गायक अमृत गुरुङले ‘आँगनैभरि हिउँ नै झरे’बाट प्रस्तुति सुरु गरेका थिए । त्यसपछि उनले ‘छेक्यो छेक्यो’, ‘लामपाते सुर्ती’, ‘जोगले हुन्छ भेट’, ‘गाउँ गाउँबाट उठ’, ‘तालको पानी’लगायत एक दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गर्दा दर्शकहरू गीतसँगै झुमेका थिए । करिब दुई घण्टा निरन्तर सांगीतिक प्रस्तुति दिएको नेपथ्यले ‘रातो र चन्द्र सूर्य’मार्फत कार्यक्रमको समापन गरेको थियो ।

प्रस्तुतिका क्रममा गुरुङले नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धनको सन्देश दिँदै आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिएका थिए । साथै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भई विवेकपूर्ण रूपमा मताधिकार प्रयोग गर्न दर्शकलाई आग्रह गरे ।

नेपाल डायरिजले आयोजना गरेको उक्त कार्यक्रममा सबै टिकट अग्रिम रूपमा बिक्री भई ‘सोल्डआउट’ भएको आयोजकले जनाएको छ । नेपाल डायरिजका सिइओ बिनेश थापाले कार्यक्रम अपेक्षाभन्दा भव्य र सफल भएको प्रतिक्रिया दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट