‘शिव भन्दा भन्दै’ सार्वजनिक

काठमाडौं, २८ माघ ।
महाशिवरात्रीलाई लक्षित गर्दै निशा के.सी. र सन्तोष खत्रीको आवाजमा तयार गरिएको भक्ति गीत ‘शिव भन्दा भन्दै’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत रामजी पौडेलको रहेको छ ।

तारानाथ आचार्यको निर्देशनमा तयार भएको भिडियोमा ब्रिटिश पौडेल, मनिषा सापकोटालगायतका कलाकारहरूको अभिनय रहेको छ । गीत सन्तोष खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सामाजिक सञ्जालमा गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने सन्तोष खत्रीको सम्भावित अन्तिम गीत हुन सक्ने चर्चाका कारण पनि दर्शकको चासो बढेको देखिन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट