फास्ट ट्र्याकमा टुचन मेसिन दुर्घटना : १ जनाको मृत्यु

मकवानपुर, २८ माघ ।
काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा टुचन मेसिन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार, छोक्रेडाँडा स्थित निर्माणाधीन फास्ट ट्र्याकमा टुचन मेसिनको ब्रेक फेल भई दुर्घटना हुँदा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ का २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको हो ।

फास्ट ट्र्याकको पहिलो पुलको खाडलमा काम गरी टुचन मेसिनमा बाहिर निस्कने क्रममा अचानक ब्रेक फेल भई मेसिन खस्दा थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ३७ वर्षीय जुल्फे तामाङ घाइते भएका छन् ।

घाइते तामाङलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट