काठमाडौंमा नपत्याउने अवस्था भएर बालेन झापामा आए : ओली

झापा, २६ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा जनताले नपत्याउने अवस्था भएपछि नेता बालेन्द्र शाह (बालेन) झापातिर आएको बताएका छन् ।

सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले आफ्नै जिल्लाका मानिसहरूले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जितिसकेका व्यक्तिले फेरि उठ्ने आँट नगरेको बताए ।

उक्त कार्यक्रममा उनले भने, “हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैनन्। आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन । त्यहाँ ढाँट्न सकिँदैन ।
काठमाडौंमा जितिसकेको मान्छेले फेरि किन उठेर लड्न सकेनन् ? किन यहाँ आउनुपर्यो ? यो कुरा साथीहरूले बुझ्नु भएको छ ।”

त्यसैगरी, अध्यक्ष ओलीले सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भावको कुरा आउनुपर्ने ठाउँमा अहिले मधेशी–पहाडी भेदभावको कुरा सुनिनु दुःखद भएको बताए ।

उनी थप्दै भने, “अर्को कुरा, मैले कता कता मधेशी–पहाडी भन्ने कुरा सुन्ने गरेको छु । त्यस्तो कुरा गर्नु हुँदैन । सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ । त्यसको आधारमा राष्ट्रिय एकताको कुरा आउनुपर्छ । हामी सबै एकताबद्ध भएर आफ्नो–आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट