चितवनको माडीमा नेपालकै पहिलो सालक सम्मेलन, ७ बुँदे घोषणा पत्र जारी

चितवन, २६ माघ । माडीमा नेपालमै पहिलोपटक सालक सम्मेलन सम्पन्न भएको छ । सोमबार चलेको सम्मेलन सालक संरक्षणका लागि ७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न गरिएको हो । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको उद्घाटन गर्दै प्रदेश वन तथा वातावरण मन्त्री […]
काठमाडौंमा नपत्याउने अवस्था भएर बालेन झापामा आए : ओली

झापा, २६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा जनताले नपत्याउने अवस्था भएपछि नेता बालेन्द्र शाह (बालेन) झापातिर आएको बताएका छन् । सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले आफ्नै जिल्लाका मानिसहरूले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जितिसकेका व्यक्तिले फेरि उठ्ने आँट नगरेको बताए । उक्त कार्यक्रममा उनले भने, “हामीले थाहा पाउनुपर्छ, […]
सिकाइ र अनुभव साटासाट गर्दै हंस सहकारीको क्षमता अभिवृद्धि कार्यक्रम

चितवन, २६ माघ नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सेवा प्रवाहलाई अझ गुणस्तरीय, प्रभावकारी तथा सदस्यमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको संस्थागत क्षमता अभिवृद्धि तथा अध्ययन अवलोकन कार्यक्रम माघ २३ र २४ गते सम्पन्न भएको छ । दुई दिने उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरूको सक्रिय सहभागिता […]
चितवनमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी’ सुरु

चितवन, २६ माघ । दुग्धजन्य उत्पादनको व्यवसायिकता प्रवर्द्धन, किसानलाई प्रोत्साहन, डेरी उद्योगमा आधुनिक प्रविधिको प्रयोग तथा उद्यमशीलताको दिगो विकास गर्ने उद्देश्यसहित चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा ‘अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी–२०८२’ सुरु भएको छ । भरतपुर महानगरपालिका–१० स्थित चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको प्रदर्शनी ‘डेरीमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने […]