पोलर स्टार स्काउटको चौथो दीक्षान्त समारोह सम्पन्न, ३२ विद्यार्थी दीक्षित

भरतपुर, २४ माघ ।
भरतपुर महानगरपालिका–८, गौरीगञ्जमा रहेको पोलर स्टार इङ्लिस बोर्डिङ स्कुलअन्तर्गतको पोलर स्टार स्काउट ट्रुपले दुईदिने कार्यक्रमसहित आफ्नो चौथो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको छ ।

विद्यालयका सहायक प्राचार्य खगराज सापकोटाको अध्यक्षता तथा भरतपुर महानगरपालिका वडा नम्बर – ८ का अध्यक्ष जीवनाथ कँडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३२ जना विद्यार्थीलाई स्काउट दीक्षा प्रदान गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बराल, विद्यालय सञ्चालक समितिका अध्यक्ष प्राध्यापक डा. देवीप्रसाद कँडेल, कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका संस्थापक रजिस्ट्रार प्राध्यापक डा. सूर्यकान्त घिमिरे, अतिरिक्त क्रियाकलाप प्रमुख बुद्धिसागर कँडेललगायत विभिन्न अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

समारोहमा वक्ताहरूले स्काउट आन्दोलनले विद्यार्थीहरूको अनुशासन, नेतृत्व क्षमता, सेवा भावना र चरित्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट