चितवन क्षेत्र नम्बर २ मा मीना खरेल : किन धेरै मतदाताको रोजाइ बन्दैछिन् ?

चितवन, २४ माघ । प्रतिनिधिसभाको आसन्न निर्वाचनसँगै चितवन क्षेत्र नम्बर २ मा राजनीतिक बहस तीव्र बनेको छ । विभिन्न दल र उम्मेद्वारबीच प्रतिस्पर्धा रहँदा, नेपाली काँग्रेसकी उम्मेद्वार मीना खरेललाई लिएर पनि सकारात्मक चर्चा बढ्दो छ । सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी खरेललाई कतिपय मतदाताले यसपटक उपयुक्त विकल्पका रूपमा हेर्न थालेका छन् । मीना […]

पोलर स्टार स्काउटको चौथो दीक्षान्त समारोह सम्पन्न, ३२ विद्यार्थी दीक्षित

भरतपुर, २४ माघ । भरतपुर महानगरपालिका–८, गौरीगञ्जमा रहेको पोलर स्टार इङ्लिस बोर्डिङ स्कुलअन्तर्गतको पोलर स्टार स्काउट ट्रुपले दुईदिने कार्यक्रमसहित आफ्नो चौथो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको छ । विद्यालयका सहायक प्राचार्य खगराज सापकोटाको अध्यक्षता तथा भरतपुर महानगरपालिका वडा नम्बर – ८ का अध्यक्ष जीवनाथ कँडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३२ जना विद्यार्थीलाई स्काउट दीक्षा प्रदान […]

र्‍यान्डम रिडर्समा कथाकार लक्ष्मण वियोगीको कृति ‘सत्यम्‌’को परिचर्चा

पोखरा, २४ माघ । पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्‌’माथि शनिबार पोखरामा परिचर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित श्रृङ्खला अन्तर्गत गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्याकसमेत रहेका समालोचक डा. नेत्र एटमले ‘सत्यम्‌’को परिचर्चा गरे । उनले कथकारले अनुभव र स्मृतिको संयोजन गरेर कृति सिर्जना गरेकाले कथाहरू जीवन्त बनेको धारणा राखे । कथाकारले […]

कोइलीदेवी स्मृति मातृभूमि सम्मानबाट बाल स्रष्टा शुलज्ञा राज्यलक्ष्मी शाह सम्मानित

मकवानपुर, २४ माघ । मातृभूमि साहित्य समाज मकवानपुरले कोइलीदेवी स्मृति मातृभूमि सम्मानबाट बाल स्रष्टा शुलज्ञा राज्यलक्ष्मी शाहलाई सम्मान गरेको छ । शनिबार आयोजना गरिएको कोइलीदेवी माथेमा स्मृति विशेष चर्चा तथा साङ्गीतिक कार्यक्रमका अवसरमा शुलज्ञालाई पहिलोपटक उक्त सम्मान प्रदान गरिएको हो । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित ऐतिहासिक स्थल चिसापानी गढीमा जन्मिनु भएकी नेपाली गीत–सङ्गीत साधनाको अमर […]