कोइलीदेवी स्मृति मातृभूमि सम्मानबाट बाल स्रष्टा शुलज्ञा राज्यलक्ष्मी शाह सम्मानित

मकवानपुर, २४ माघ ।
मातृभूमि साहित्य समाज मकवानपुरले कोइलीदेवी स्मृति मातृभूमि सम्मानबाट बाल स्रष्टा शुलज्ञा राज्यलक्ष्मी शाहलाई सम्मान गरेको छ । शनिबार आयोजना गरिएको कोइलीदेवी माथेमा स्मृति विशेष चर्चा तथा साङ्गीतिक कार्यक्रमका अवसरमा शुलज्ञालाई पहिलोपटक उक्त सम्मान प्रदान गरिएको हो ।

मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित ऐतिहासिक स्थल चिसापानी गढीमा जन्मिनु भएकी नेपाली गीत–सङ्गीत साधनाको अमर नाम कोइलीदेवी माथेमाको स्मृतिमा उक्त सम्मान स्थापना गरिएको हो । सम्मानको राशि ११ हजार रुपैयाँ रहेको मातृभूमि साहित्य समाजका सचिव किशन पौडेलले जानकारी दिए ।
सम्मानित शुलज्ञा हेटौंडा–२ स्थित बालजागृति इङ्गलिस माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् ।

कोइलीदेवी माथेमा स्मृति विशेष चर्चा तथा साङ्गीतिक कार्यक्रम सम्पन्न
मातृभूमि साहित्य समाजको आयोजनामा कोइलीदेवी माथेमाको स्मृतिमा विशेष चर्चा तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा अतिथि वक्ता तथा केदार न्यौपाने विशेष वक्ताका रूपमा सहभागी थिए ।

कार्यक्रममा हेटौंडाका गायक कृष्ण गोपाल सिंहले कोइलीदेवी माथेमासँग सम्बन्धित आफ्ना अनुभूति प्रस्तुत गरे । सम्मानित स्रष्टा शुलज्ञा तथा गायिका सुनिता बुर्लाकोटीले कोइलीदेवीका गीत प्रस्तुत गरेका थिए ।

त्यसैगरी पिएम सेन्टरका प्रमेन्द्र महर्जन र शुभारम्भ कला केन्द्रका गायक घनश्याम ढकालले कोइलीदेवीका गीत तथा भजन प्रस्तुत गरे । कार्यक्रममा कोइलीदेवी माथेमाको परिचय समाजका सचिव किशन पौडेलले गराएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट