मकवानपुरको पहिलो गजल कृतिका स्रष्टा कुमार नेगी सम्मानित हुँदै

मकवानपुर, २२ माघ ।
गजलकार कुमार नेगी ‘पालुङ्गे चरो’ लाई यस वर्षको श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान–२०८२ प्रदान गरिने भएको छ । गजल मञ्च मकवानपुरले फागुन २ गते आयोजना गर्ने २३३औं गजल यात्रामा नेगीलाई नगद ५ हजार रुपैयाँ राशिकाे उक्त सम्मानबाट सम्मानित गरिने भएकाे हाे ।

साहित्यकार तथा गजल मञ्च मकवानपुरका पूर्व कार्यसमिति सदस्य भोला सिलवालले माता–पिता तथा छोरीको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् । २०५८ सालमा प्रकाशित कुमार नेगीको ‘श्रीजनाका हातहरू’ गजलसंग्रह मकवानपुर जिल्लाबाट प्रकाशित पहिलो गजल कृति हो ।

जिल्लाको गजल इतिहासमा पहिलो गजल कृति प्रकाशन गरी गजल विधाको विकास, श्रीवृद्धि र प्रवद्र्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप नेगीलाई सम्मान प्रदान गर्न लागिएको गजल मञ्च मकवानपुर अध्यक्ष संजित श्रेष्ठले जानकारी दिए ।

उक्त सम्मानबाट यसअघि गजलकार अनिश न्यौपाने ‘भावना’ तथा गजल मञ्च मकवानपुरका संस्थापक एवं पूर्व अध्यक्ष दुर्गा लामिछाने ‘नमूना’ सम्मानित भइसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट