मकवानपुरका ३७४ मतदान केन्द्रमा ३,३६६ कर्मचारी खटिँदै

मकवानपुर, २२ माघ ।
मकवानपुर जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । २ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा रहेकाे ३ सय ७४ मतदान केन्द्रमा स्वयं सेवकसहित ३ हजार ३ सय ६६ कर्मचारी निर्वाचनमा खटिने भएका हुन् ।

एउटा मतदान केन्द्रमा आयोगबाट छ जना कर्मचारी र मतदान केन्द्र रहेको स्थलमा तीन जना स्वयं सेवक नियुक्त गरिने बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ । ढकालले निर्वाचन कार्यालयबाट २ हजार २४४ जना र मतदान केन्द्रमै नियुक्त हुने स्वयम् सेवक १ हजार १ सय २२ जना कर्मचारी मतदान अवधिभर परिचालन हुने जानकारी दिए । यसबाहेक निर्वाचनमा निर्वाचन स्थलको संवेदनशीलता र आवश्यकताका आधारमा निर्वाचन प्रहरी परिचालन हुने बताइएकाे छ ।

४० वटा वडा रहेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र छन् । जिल्लाको भीमफेदी कारागार र कर्मचारीका लागि हेटौंडामा अस्थायी मतदान केन्द्र रहने कार्यालयले जनाएकाे छ ।

मकवानपुरमा कुल मतदाता तीन लाख १५ हजार ३३४ कायम भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट