हेल्प नेपाल नेटवर्कद्वारा कालीकोटका विद्यार्थीलाई न्यानो ट्र्याकसुट वितरण

कालीकोट, २२ माघ ।
हेल्प नेपाल नेटवर्कले कालीकोट जिल्लाको सन्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ५ स्थित श्री खपरमस्ता आधारभूत विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीलाई न्यानो ट्र्याकसुट वितरण गरेको छ ।

चिसो मौसमका कारण बालबालिकाको पठनपाठनमा असर नपरोस्, उनीहरूको अनुहारमा मुस्कान रहोस् र शिक्षाप्रतिको उत्साह अझ मजबुत बनोस् भन्ने उद्देश्यका साथ उक्त सहयोग कार्यक्रम सम्पन्न गरिएको हो । यस सहयोगले विद्यार्थीहरूको उज्यालो भविष्यतर्फको यात्रामा केही भए पनि न्यानोपन थप्ने विश्वास लिइएको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने हेल्प नेपाल नेटवर्कका स्वयंसेवकहरू, आदरणीय दाताहरू, शुभेच्छुकहरू तथा सम्पूर्ण सहयोगी मनहरूप्रति संस्थाले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

संस्थाका अनुसार दाताहरूको माया, विश्वास र निरन्तर सहयोगले आज ती नानीहरूको जीवनमा आशा, आत्मविश्वास र हौसला थपिएको छ, जुन उनीहरूको शिक्षायात्राका लागि महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट