बेसद्वारा आयोजित अन्तरविद्यालयमैत्री भलिबल प्रतियोगिताको उपाधि ग्लोरियस एकेडेमीलाई

चितवन, १७ माघ ।
भरतपुर अङ्ग्रेजी स्कुल सोसाइटी (बेस) को आयोजनामा सम्पन्न अन्तरविद्यालयमैत्री भलिबल प्रतियोगिताको उपाधि ग्लोरियस एकेडेमी भरतपुरले हात पारेको छ ।


कुल १८ विद्यालयका करिब १५० जना शिक्षकहरूको सहभागितामा सम्पन्न प्रतियोगितामा आर्किड स्कुल द्वितीय, ग्रिन फिल्ड स्कूल मुग्लिङ तृतीय तथा प्रगति पाठशाला मुग्लिङले सान्त्वना स्थान हासिल गरेका छन् ।

ग्लोरियस एकेडेमीको प्राङ्गणमा सम्पन्न प्रतियोगिताको अध्यक्षता बेसका अध्यक्ष शिव केसीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बेसका सचिव नारायण सापकोटाले गर्नुभएको थियो ।

बेसका सदस्य प्रकाश सुवेदीको संयोजकत्वमा सम्पन्न प्रतियोगिताका प्रमुख अतिथि प्याब्सन बागमती प्रदेशका सल्लाहकार टीकाराम चापागाईं रहनुभएको थियो ।

विष्णु बस्नेत र मनीष घिमिरेको आकर्षक कमेन्ट्री रहेको प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई प्रमुख अतिथि चापागाईं, अध्यक्ष शिव केसी तथा कार्यक्रम संयोजक सुवेदीले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभएको थियो ।

दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा बेसका सल्लाहकार लेखनाथ खनाल, प्याब्सन चितवनका उपाध्यक्ष शारदा ढकाल, सचिव दयानिधि अर्याललगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट