रत्ननगर, १६ माघ ।
शहिद दिवसको अवसरमा सौराहा जेसीज र सौराहा लेडिज जेसीजको संयुक्त आयोजनामा पर्यटकीय नगरी सौराहामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
देश र जनताको लागि आफ्नो प्राण आहुति दिने महान् शहिदहरूको सम्झनामा शुक्रबार साँझ सौराहाको मुख्य बजार गैंडाचोकमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा सहभागीहरूले दीप बाल्दै शहिदहरूको त्याग, बलिदान र योगदानप्रति सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रमबारे जानकारी दिँदै सौराहा जेसीजका अध्यक्ष रोशन सुवेदीले शहिदहरूले देखाएको मार्ग र उनीहरूको त्यागलाई स्मरण तथा सम्मान गर्न जेसीजले हरेक वर्ष यस्ता रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको बताए । उनले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई शहिदहरूको आदर्शबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जेसीज सदस्यहरू, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।





