जेलेन्स्कीद्वारा पुटिनलाई कीभमा शान्ति वार्ताका लागि निमन्त्रणा

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति वार्ताका लागि युक्रेनको राजधानी कीभ आउन सार्वजनिक रूपमा निमन्त्रणा गरेका छन् । रुसले यसअघि मस्कोमा वार्ता गर्न प्रस्ताव गरेपछि त्यसको जवाफस्वरूप जेलेन्स्कीले कीभमै भेटवार्ता हुनुपर्ने बताएका हुन् । उनले युक्रेनी भूमिमै वार्ता हुनु शान्तिप्रतिको वास्तविक प्रतिबद्धताको संकेत हुने उल्लेख गरेका छन् । यद्यपि, यस प्रस्तावबारे रुसी […]

शहिद दिवसको अवसरमा सौराहामा दीप प्रज्वलन

रत्ननगर, १६ माघ । शहिद दिवसको अवसरमा सौराहा जेसीज र सौराहा लेडिज जेसीजको संयुक्त आयोजनामा पर्यटकीय नगरी सौराहामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । देश र जनताको लागि आफ्नो प्राण आहुति दिने महान् शहिदहरूको सम्झनामा शुक्रबार साँझ सौराहाको मुख्य बजार गैंडाचोकमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा सहभागीहरूले दीप बाल्दै शहिदहरूको त्याग, बलिदान र […]

क्रान्तिको स्मृति बोकेको पुलिमराङमा ‘बखान’ उपन्यासको चर्चा

तनहुँ (पुलिमराङ), १६ माघ । ऐतिहासिक विरासत बोकेको गाउँ पुलिमराङमा ‘बखान’ उपन्यासमाथि परिचर्चा गरिएको छ । सहिद दिवसको अवसरमा शुक्रबार उक्त उपन्यासमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको हो । वि.सं. २००७ सालको क्रान्तिमा बन्दिपुर कब्जाका क्रममा धर्मध्वज गुरुङले पुलिमराङमै सहादत प्राप्त गरेका थिए । त्यसैगरी २०१८ सालको क्रान्तिमा थप पाँच जनाले यही भूमिमा सहादत प्राप्त गरेका […]