युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति वार्ताका लागि युक्रेनको राजधानी कीभ आउन सार्वजनिक रूपमा निमन्त्रणा गरेका छन् । रुसले यसअघि मस्कोमा वार्ता गर्न प्रस्ताव गरेपछि त्यसको जवाफस्वरूप जेलेन्स्कीले कीभमै भेटवार्ता हुनुपर्ने बताएका हुन् ।
उनले युक्रेनी भूमिमै वार्ता हुनु शान्तिप्रतिको वास्तविक प्रतिबद्धताको संकेत हुने उल्लेख गरेका छन् । यद्यपि, यस प्रस्तावबारे रुसी पक्षले हालसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन ।
यो समाचार अलजजिराको अङ्ग्रेजी संस्करणमा प्रकाशित छ ।





