`फ्लाइफिनिक्स´ एजुकेशन कन्सलटेन्सीको औपचारिक सुरुआत

काठमाडौं, ११ माघ ।
राजधानीको बागबजारमा फ्लाइफिनिक्स एजुकेशन कन्सलटेन्सीको भव्य समारोहबीच औपचारिक उद्घाटन गरिएको छ । वैदेशिक अध्ययनको बढ्दो महत्त्व र अन्तर्राष्ट्रिय शिक्षा अवसरप्रति विद्यार्थीहरूलाई सही मार्गदर्शन प्रदान गर्ने उद्देश्यसहित कन्सलटेन्सी स्थापना गरिएको हो ।

उद्घाटन समारोहका प्रमुख अतिथि लेखराम सापकोटा रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका कार्यकारी निर्देशक विजय विश्वकर्माले गर्नुभएको थियो । सुशीला थापाले सञ्चालन गरेको कार्यक्रममा हृदय गणेशले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बलराम रोकाया, हेमराज साउद, रमेश जैसी, अशोक कुमार वि.क. तथा चर्चित साहित्यकार अमर न्यौपानेले वैदेशिक अध्ययन आजको प्रतिस्पर्धी विश्वमा आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँहरूले अन्तर्राष्ट्रिय शिक्षा, क्यारियर काउन्सेलिङ तथा विद्यार्थी मार्गदर्शनमा फ्लाइफिनिक्स कन्सलटेन्सीले इमान्दार, पारदर्शी र प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन समारोहमा १५० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै कन्सलटेन्सीले उत्पीडित समुदाय तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । सोही अवसरमा बबिता बिकलाई वार्षिक छात्रवृत्तिको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो, जसलाई उपस्थित अतिथिहरूले सराहनीय कदमका रूपमा प्रशंसा गरेका थिए ।

यसअघि कन्सलटेन्सीको उद्घाटनको पूर्वसन्ध्यामा बागबजार क्षेत्रमा बृहद् सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो । सामाजिक चेतना अभिवृद्धि गर्ने संस्थाको यस पहललाई स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन् ।

फ्लाइफिनिक्स एजुकेशन कन्सलटेन्सीले आगामी दिनमा वैदेशिक अध्ययन इच्छुक विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि गुणस्तरीय, भरोसायोग्य र पारदर्शी परामर्श सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट