चितवन, ३ माघ ।
अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएकी सुप्रसिद्ध कथावाचक देवी प्रतिभा पावन उपस्थितिमा नेपालमा शतचण्डी महायज्ञ एवं देवघाट माघ–महोत्सव आयोजना हुने भएको छ ।
माघ महिनाको १९ गतेदेखि २९ गतेसम्म चल्ने यो धार्मिक तथा सांस्कृतिक महोत्सव देवघाट धाममा आयोजना हुने आयोजकले जानकारी दिएका छन् । महायज्ञमा देवी प्रतिभासँगै आचार्य श्री शीतल कृष्ण जी महाराजको विशेष कथा वाचन पनि रहनेछ ।
कार्यक्रमको आयोजना श्री दुर्गा पञ्चायन मन्दिर (श्री राम राम मन्दिर), देवघाट धामले गरेको हो । महोत्सवले धार्मिक आस्था, आध्यात्मिक चेतना र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।
आयोजकले धर्म, भक्ति र संस्कृतिको संगम अनुभव गर्न इच्छुक सम्पूर्ण भक्तजनलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन आग्रह गरेका छन् ।





