अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचक देवी प्रतिभा देवघाट माघ–महोत्सवमा उपस्थित हुँदै

चितवन, ३ माघ । अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएकी सुप्रसिद्ध कथावाचक देवी प्रतिभा पावन उपस्थितिमा नेपालमा शतचण्डी महायज्ञ एवं देवघाट माघ–महोत्सव आयोजना हुने भएको छ । माघ महिनाको १९ गतेदेखि २९ गतेसम्म चल्ने यो धार्मिक तथा सांस्कृतिक महोत्सव देवघाट धाममा आयोजना हुने आयोजकले जानकारी दिएका छन् । महायज्ञमा देवी प्रतिभासँगै आचार्य श्री शीतल कृष्ण जी महाराजको […]
मकवानपुरमा दोस्रो बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने

मकवानपुर, ३ माघ । मकवानपुरको हेटौँडामा बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजना रहेको महोत्सव दोस्रो संस्करणमा आयोजना हुन लागिएको हो । आयोजक संस्थाले हेटौँडामा पत्रकार सम्मेलनमार्फत महोत्सवको जानकारी सार्वजनिक गर्दै खेल, कृषि, पर्यटन र व्यापारलाई एउटै थलोमा जोड्ने उदेश्य रहेको बताएका छन् । मकवानपुर […]
मकवानपुरमा निर्वाचन चहलपहल, ३ लाख १५ हजार मतदाता

मकवानपुर, ३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । हेटौँडा उपमहानगरपालिका–११ स्थित प्रादेशिक कृषि तरकारी थोक बजारको भवनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि […]
गायत्री श्रेष्ठको नियात्रासङ्ग्रह `स्मृतिको सोपानमा´सार्वजनिक

भरतपुर, ३ माघ । लेखक गायत्री श्रेष्ठको नियात्रासङ्ग्रह `स्मृतिको सोपानमा´सार्वजनिक भएको छ । चितवन साहित्य परिषद्मा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तीर्थ श्रेष्ठसहित स्रस्टाहरू गोविन्दराज विनोदी, रामबाबु घिमिरे, गणेश श्रमण, डाक्टर केशवराज चालिसे र केशवकुमार श्रेष्ठले संयुक्तरूपमा कृति विमोचन गर्नुभएको हो । चितवन साहित्य परिषद्ले प्रकाशन गरेकोसङ्ग्रहमा ३३ वटा यात्रा निबन्ध छन् । पुस्तकमाथि समीक्षात्मक […]
चितवनमा युनाइटेड टेक फ्युजन – २०८२ हुँदै

भरतपुर, ३ माघ । युनाइटेड टेक क्लबको आयोजना तथा पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त युनाइटेड टेक्निकल कलेज, भरतपुर–११, चितवनको सहकार्यमा राष्ट्रिय प्राविधिक कार्यक्रम युनाइटेड टेक फ्युजन – २०८२ आयोजना हुने भएको छ । सिभिल, कम्प्युटर, आईटी, विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको संयुक्त पहलमा स्थापित युनाइटेड टेक क्लबले यसअघि पनि राष्ट्रियस्तरका ह्याकाथन, प्रविधिमूलक कार्यक्रमहरू, साथै कलेजभित्र […]
साहित्य सङ्गम चितवनद्वारा स्रस्टा सम्मान एवम् कृति विमोचन कार्यक्रम

भरतपुर, ३ माघ । साहित्य सङ्गम चितवनले स्रस्टा सम्मान एवम् कृति लोकार्पण गरेको छ । प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा तीन जनास्रस्टालाई सम्मान साथै तीन वटा कृति विमोचन गरिएको छ । खिमा केशरी – रमण राष्ट्रिय साहित्य पुरस्कारबाट कवि राजेन्द्र सिलवाल घायल सम्मानित हुनुभएको छ । यो पुरस्कार लेखक रेवतिरमण […]