गायत्री श्रेष्ठको नियात्रासङ्ग्रह `स्मृतिको सोपानमा´सार्वजनिक

भरतपुर, ३ माघ
लेखक गायत्री श्रेष्ठको नियात्रासङ्ग्रह `स्मृतिको सोपानमा´सार्वजनिक भएको छ । चितवन साहित्य परिषद्मा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तीर्थ श्रेष्ठसहित स्रस्टाहरू गोविन्दराज विनोदी, रामबाबु घिमिरे, गणेश श्रमण, डाक्टर केशवराज चालिसे र केशवकुमार श्रेष्ठले संयुक्तरूपमा कृति विमोचन गर्नुभएको हो ।

चितवन साहित्य परिषद्ले प्रकाशन गरेकोसङ्ग्रहमा ३३ वटा यात्रा निबन्ध छन् । पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै डाक्टर केशवराज चालिसेले निबन्धहरू पठनीय हुनुका साथै जानकारीमुलक भएको बताउनुभयो । लेखक श्रेष्ठ र उहाँका श्रीमान केशवकुमार श्रेष्ठको ५३ औँ वैवाहिक वर्षगाँठको अवसरमा कृति सार्वजनिक गरिएको परिषद्की सचिव शान्ति शर्माले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट