साहित्य सङ्गम चितवनद्वारा स्रस्टा सम्मान एवम् कृति विमोचन कार्यक्रम

भरतपुर, ३ माघ ।
साहित्य सङ्गम चितवनले स्रस्टा सम्मान एवम् कृति लोकार्पण गरेको छ । प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा तीन जनास्रस्टालाई सम्मान साथै तीन वटा कृति विमोचन गरिएको छ ।

खिमा केशरी – रमण राष्ट्रिय साहित्य पुरस्कारबाट कवि राजेन्द्र सिलवाल घायल सम्मानित हुनुभएको छ ।
यो पुरस्कार लेखक रेवतिरमण खनालले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको हो । पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी दिल्लीराम – धनसरा स्मृति राष्ट्रिय पुरस्कार लेखक कथाकार एवम् समीक्षक नारायण मरासिनीलाई प्रदान गरिएको छ ।
लेखक पोषराज पौडेलले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको हो । यो पुरस्कारको राशि १५ हजार रुपैयाँ छ ।

त्यसैगरी लेखक कर्णबहादुर बानियाँले स्थापना गर्नुभएको दिल – कृष्ण स्मृति बाल प्रतिभा पुरस्कार नारायणी नमुना माविकी कृस्टा पण्डित, परमानन्द स्मृति वैदिक विद्याभवन गुरुकुल गुञ्जानगरका कृष्ण न्यौपाने र जानकी मावि मेघौलीकी आकृति पराजुलीलाई प्रदान गरिएको छ ।

भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति एवम् कार्यक्रमका प्रमुख अतिथि इन्द्रप्रसाद रेग्मी र कार्यक्रमका सभापति एवम् साहित्य सङ्गम चितवनका अध्यक्ष शशिकिरण रेग्मीले पुरस्कृत स्रस्टालाई सम्मान गर्नुभएको हो । कार्यक्रममा सम्मानित स्रस्टाका बारेमा डिआर पोखरेल र प्रकाश चापागाईंले बोल्नुभएको थियो ।

सोही कार्यक्रममा कर्णबहादुर बानियाको समीक्षा कृति `अनेक सृष्टि एक दृष्टि´ एवम् प्रेमराज खनालका कवितासङ्ग्रह `रित्तो गुँड´ र `धुपीसल्लो´ विमोचन गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट