चितवनमा युनाइटेड टेक फ्युजन – २०८२ हुँदै

भरतपुर, ३ माघ ।
युनाइटेड टेक क्लबको आयोजना तथा पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त युनाइटेड टेक्निकल कलेज, भरतपुर–११, चितवनको सहकार्यमा राष्ट्रिय प्राविधिक कार्यक्रम युनाइटेड टेक फ्युजन – २०८२ आयोजना हुने भएको छ ।

सिभिल, कम्प्युटर, आईटी, विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको संयुक्त पहलमा स्थापित युनाइटेड टेक क्लबले यसअघि पनि राष्ट्रियस्तरका ह्याकाथन, प्रविधिमूलक कार्यक्रमहरू, साथै कलेजभित्र विभिन्न तालिम र कार्यशालाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

यहि माघ १२ र १३ गते आयोजना हुने यस वर्षको युनाइटेड टेक फ्युजनमा देशभरका विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई नवप्रवर्तन, सिर्जनशीलता र प्राविधिक सीप प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरिने क्लबका अध्यक्ष रिकम रिजालले जानकारी दिएका छन् ।

कार्यक्रमका मुख्य आकर्षणहरूमा प्रोजेक्ट प्रदर्शन (प्रोजेक्ट प्रदर्शनी) र रोमाञ्चक रोबो रेस प्रतियोगिता समावेश छन् । प्रतियोगिताका लागि कुल रु. ६० हजार पुरस्कार राशि निर्धारण गरिएको छ ।

प्रोजेक्ट प्रदर्शनतर्फ ३५ हजार रुपैयाँ पुरस्कार राखिएको छ । जसअन्तर्गत उत्कृष्ट प्रोजेक्ट (२ जना विजेता) रु. १५ हजार नगद, मेडल तथा प्रमाणपत्र र पिपुल्स च्वाइस अवार्ड ५ हजार नगद तथा मेडल रहेको छ ।

त्यसैगरी रोबो रेस प्रतियोगितातर्फ रु. २५ हजार पुरस्कार राशि रहेको छ । प्रथमलाई पुरस्कारको रूपमा रु. १५ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र छ । द्वितीय पुरस्कारको रूपमा रु. १० हजार नगद, मेडल तथा प्रमाणपत्र रहेको छ ।

कार्यक्रमको दर्ता प्रक्रिया खुला भइसकेको आयोजकले जनाएको छ । प्रविधि र नवप्रवर्तनलाई प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यो कार्यक्रम चितवन क्षेत्रकै एक महत्वपूर्ण राष्ट्रियस्तरीय प्राविधिक उत्सव बन्ने आयोजकले अपेक्षा गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट