त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा ‘गणपति डिलक्स’ बस फेला

भरतपुर, २९ पुस ।
त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा ‘गणपति डिलक्स’ नाम लेखिएको बस फेला परेको छ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारमा उक्त बसका पार्टपुर्जा भेटिएको हो ।

पार्टपुर्जा देखिएपछि खोजी कार्यमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन तथा नम्बर २३ मनकामना गण भानु तनहुँको टोलीले उक्त नाम अंकित बस फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस २०८१ असार २८ गते चितवनको सिमलताल क्षेत्रमा पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
गणपति डिलक्स बसमा सवार ३१ जनामध्ये तीन जनाले हामफालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए । तीमध्ये हालसम्म १४ जनाको शव फेला परेको छ भने बाँकी अझै बेपत्ता रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट