त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा ‘गणपति डिलक्स’ बस फेला

भरतपुर, २९ पुस । त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा ‘गणपति डिलक्स’ नाम लेखिएको बस फेला परेको छ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारमा उक्त बसका पार्टपुर्जा भेटिएको हो । पार्टपुर्जा देखिएपछि खोजी कार्यमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन तथा नम्बर २३ मनकामना गण भानु तनहुँको टोलीले उक्त नाम अंकित […]

एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

गैँडाकोट, २९ पुस । गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सव मंगलबार करिब १५ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार साँझको समयमा दर्शकको अत्यधिक भीड देखिएको थियो । पुस २५ देखि सुरु भएको महोत्सवमा दर्शकहरूको आकर्षण दिनहुँ बढ्दै गएको सापकोटाले जानकारी दिनुभयो । जिल्लाकै चर्चित कलाकार […]

रङ्गकर्मी प्रदीप ढुङ्गानालाई ‘शिव रेग्मी स्मृति पुरस्कार’ प्रदान

चितवन, २९ पुस । नारायणगढस्थित नारायणी कला मन्दिरको ५० औँ साधारणसभा तथा अधिवेशनको अवसरमा ‘शिव रेग्मी स्मृति पुरस्कार’ रङ्गकर्मी प्रदीप ढुङ्गाना (अञ्जान प्रदीप)लाई प्रदान गरिएको छ । भरतपुर महानगरपालिका–६, चितवन निवासी ढुङ्गानालाई सम्मान–पत्रसहित नगद रु. १५,००५/- प्रदान गर्दै उक्त पुरस्कार हस्तान्तरण गरिएको हो । रङ्गमञ्च तथा कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ढुङ्गानालाई यो सम्मान […]

`अक्षत अन्टार्कटिका´का लागि लामिछानेलाई सारस्वत रत्न पुरस्कार

रत्ननगर, २९ पुस । रत्ननगर वाङ्मय प्रतिष्ठानले नियात्रासङ्ग्रह `अक्षत अन्टार्कटिका´का लागि सारस्वत रत्न पुरस्कार – २०८१ बाट लेखक जीवा लामिछानेलाई सम्मान गरेको छ । प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले लामिछानेलाई सम्मान गरेका हुन् । रत्ननगर वाङ्मय प्रतिष्ठानको द्वितीय स्थापना दिवसको अवसरमा रत्ननगर नगरपालिकाको सभाहलमा १४२औँ लेखनाथ जयन्तीको सन्दर्भमा काव्यिक विवेचना […]