चितवन उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी

भरतपुर, २२ पुस ।
चितवन उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चिरञ्जीवी सुवेदी निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनको मतगणनापछि मंगलबार सार्वजनिक नतिजाअनुसार उनले प्रतिस्पर्धी शिरिष पन्तलाई पराजित गरेका हुन् ।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा सुवेदीले १ हजार ४ सय ८४ मत प्राप्त गर्दा पन्तले १ हजार १ सय ८५ मत ल्याएका छन् । २ सय ९९ मतको स्पष्ट अन्तरसहित सुवेदी अध्यक्षमा विजयी भएका हुन् । निर्वाचनमा कुल २ हजार ७ सय १९ मत खसेको थियो भने सङ्घका जम्मा मतदाता संख्या ३ हजार ३ सय ७१ रहेको निर्वाचन समितिले जनाएको छ । नव निर्वाचित अध्यक्ष सुवेदीले व्यवसायिक हित, उद्योग प्रवर्द्धन र निजी क्षेत्रको सशक्त भूमिकाका लागि आफू प्रतिबद्ध रहने बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट