जन्मदिनमा विद्यार्थीलाई न्यानो टोपीसहित सहयोग

भरतपुर, २० पुस ।
लायन्स क्लब अफ माडी इकोका कोषाध्यक्ष प्रवीन देवकोटाले आफ्नो जन्मदिनका अवसरमा विद्यार्थीलाई न्यानो टोपी, पढ्ने सामग्री र विद्यालयलाई डस्टविन उपलब्ध गराउनुभएको छ ।

oppo_2

भरतपुर महानगरपालिका- २६ स्थित श्री आधारभूत विद्यालय कोइलाहाका विद्यार्थीलाई उक्त सामग्री उपलब्ध गराइएको हो ।
आइतबार विद्यालयमा पुगेर उहाँले १०० बढी विद्यार्थीलाई न्यानो टोपी लगाइदिनु भयो । विद्यार्थीलाई बालपत्रिका `मुना´ दिनुभयो । त्यसैगरी विद्यालय हातामा रहनेगरी प्रधानाध्यापक रामभक्त वाग्लेलाई ४ वटा डस्टविन उपलब्ध गराउनुभयो ।

जन्मदिनका अवसरमा विद्यार्थीका माझमा आएर सहयोग गर्न पाउँदा खुसी लागेको देवकोटाले बताउनुभयो । ब्लड डोनर्स सोसाइटीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेले जन्मदिनलाई तडकभडकरूपमा मनाउनुभन्दा सिर्जनात्मक एवम् सहयोगमुलक काम गरेर मनाउने परम्परा सबैले अवलम्बन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय युवा परिषद् बागमती प्रदेशका संयोजक रामचन्द्र लम्सालले सामुदायिक विद्यालयका विद्यार्थीले सहयोग पाउनु महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो ।
जाडो मौसममा विद्यार्थीलाई न्यानो टोपीसहित पढ्ने सामग्री र सरसफाइका लागि डस्टविन उपलब्ध गराएकोमा देवकोटालाई धन्यवाद दिँदै पुष्पगुच्छाले सम्मान गर्नुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट