जन्मदिनमा विद्यार्थीलाई न्यानो टोपीसहित सहयोग

भरतपुर, २० पुस । लायन्स क्लब अफ माडी इकोका कोषाध्यक्ष प्रवीन देवकोटाले आफ्नो जन्मदिनका अवसरमा विद्यार्थीलाई न्यानो टोपी, पढ्ने सामग्री र विद्यालयलाई डस्टविन उपलब्ध गराउनुभएको छ । भरतपुर महानगरपालिका- २६ स्थित श्री आधारभूत विद्यालय कोइलाहाका विद्यार्थीलाई उक्त सामग्री उपलब्ध गराइएको हो । आइतबार विद्यालयमा पुगेर उहाँले १०० बढी विद्यार्थीलाई न्यानो टोपी लगाइदिनु भयो । विद्यार्थीलाई […]

चितवनमा भलिबल रेफ्री तालिम सुरु

चितवन, २० पुस । चितवनमा जिल्ला भलिबल रेफ्री तालिम सुरु भएको छ । आइतबारबाट सुरु भएको तालिमको चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे । सो क्रममा कार्कीले प्रशिक्षार्थीहरु शुभकामना व्यक्त गरे । रेफ्री उत्पादनमा यसले ठूलो भूमिका खेल्ने उनको भनाइ थियो । ग्लोरियरस एकेडेमीमा २५ गतेसम्म चल्ने तालिममा बागमती प्रदेशका १३ […]

जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र `बिगुल´को ट्रेलर सार्वजनिक

चितवन, २० पुस । जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र बिगुलको ट्रेलर सार्वजनिक भएको छ । आइतबार तीन मिनेट पाँच सेकेन्ड लामो ट्रेलर सार्वजनिक भएको हो । चलचित्र माघ ९ गते देशभर एक साथ प्रदर्शन हुँदैछ । ट्रेलरमा राजनीति र देश परिवर्तनको बिषय देखाईएको छ । ट्रेलरमा परिवर्तनदेखि क्रान्तिसम्म र न्यायका लागि उठेको आवाजलाई दमदारका साथ प्रस्तुत […]

पुष्पलालका पाँच पुस्तक एकैपटक बजारमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका श्रेष्ठका संकलित रचनाहरू समावेश पुस्तक ‘नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’ र ‘पुष्पलाल/ छानिएका रचना-१,२,३, ४’ सार्वजनिक भएको छ। पुष्पलालको जीवनकालमा भएको राजनीतिक घटनाक्रमलाई पुष्पलाल अध्ययन समाजले संकलन गरेको हो। ‘नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको निर्माणको सकस र नालिबेली प्रस्तुत गरिएको छ। यस्तै पुष्पलाल/ […]

ट्रकको ठक्करबाट १ जनाको मृत्यु

गैंडाकोट, २० पुस । पूर्वी नवलपरासीको गैँडाकोटमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका–५, बुद्ध मार्ग चोकस्थित महेन्द्र राजमार्गमा ग १ ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँ बस्ने ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए । ट्रकको ठक्करबाट गम्भीर […]