गैंडाकोट, २० पुस ।
पूर्वी नवलपरासीको गैँडाकोटमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
गैँडाकोट नगरपालिका–५, बुद्ध मार्ग चोकस्थित महेन्द्र राजमार्गमा ग १ ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँ बस्ने ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको चितवन मेडिकल कलेज, भरतपुरमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी गुरुङले बताए । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा छन् ।





